महावै गाउँपालिका– २ सम्म पुगे सवारीसाधन

कालिकोट । महावै गाउपालिका– २ मा सवारीसाधन पुगेका छन् । अघिल्लो स्थानीय सरकारले अलपत्र अवस्थामा छोडेको सडक अहिले ट्र्याक खोल्ने काम भई सवारीसाधन पुगेका हुन् ।

दैलेख महाबु डिल्लीकोट हुँदै ओदासम्म नियमित ट्याक्टरबाट सामान ढुवानी गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । सिंहका अनुसार अबको १ हप्तामा पादमघाटसम्मको ट्र्याक खुल्नेछ ।

महावै गाउपालिकाका नागरिक खुसी देखिएका छन् भने यातायातको सहजता भएको नागरिकको भनाई छ । करिब ५ वर्षसम्म हुन नसकेको ट्र्याक खोल्ने काम हुँदा नागरिकले स्थानीय सरकारलाई धन्यवाद समेत दिएका छन् ।

महावै गाउँपालिकाको कार्यालय रहेको पादमघाटसम्म सडक पुर्याउन अनुमानित एक हप्ता लाग्ने गाउँपालिकाका अध्यक्ष सिंहले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया