मुगु । छायाँनाथ रारा नगरपालिका– ११ सालिम गाउँका पहिरोबाट मुत्यु भएकाको घरपरिवारलाई राहतस्वरुप रकम सहयोग गरिएको छ ।
गत असोज १९ देखि २४ गतेसम्म आएको आएको अविरल वर्षासँगैको बाढी पहिरोबाट मुत्यु भएकाको ८ घरपरिवारलाई छायाँनाथ रारा नगरपालिकाले ३५ हजारका दरले राहत रकम सहयोग गरेको हो ।
मंगलबार एक कार्यक्रमको आयोजना गर्दै राहत रकम तत्कालै सहयोग गर्नुपर्ने भएपनि प्रदेश तथा संघीय निर्वाचनसँगैको आचारसंहिताका कारण राहत सहयोग गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।
छायाँनाथ रारा नगरपालिका स्थानीय विपद कोषमार्फत मृत्यु भएका सालिम गाउँका ८ जना घरपरिवारलाई ३५ हजारका दरले मलम्पट्टी को लागि केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ नगरपालिकाले राहात रकम सहयोग गरिएको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताए ।
उनले अविरल वर्षासँगैको बाढी–पहिरोले नगरपालिकाभित्रका धेरै गाउँ बस्तीमा तहसनहस बनाउनका साथै घरबार विहिन भएका करिब ४ सय घरपरिवारलाई राहत वितरण गरिएको पनि बताए ।
छायाँनाथ रारा नगरपालिका १ देखि १४ वडासम्मका पूर्णरुपमा घर भत्किएका र अति विपन्न भएका ४ सय घरपरिवारलाई ३० केजी चामल, १ वटा पाल, १ वटा बल्याङकेट, तेल लगायत अन्य मसलायुक्त सामग्री सहयो गरिएको नगरप्रमुख भामले बताए ।
यसैबीच प्रदेश तथा संघीय सरकारले घर भत्किएकाको परिवारलाई रु ५ लाख बराबरको घर निर्माणका लागि सहयोग गर्ने बताइएको छ ।
त्यसको समन्वय स्थानीय सरकाले गर्नुपर्ने भएकाले पूर्णरुपमा घर भत्किएका परिवारको पहिचानका लागि छायाँनाथ रारा नगरपालिकाभित्रका पूर्णरुपमा घर भत्किएकाहरुको पहिचानको लागि प्राविधिक टोली बिहीबार बस्तीस्तरमा गएर पहिचान सुरु गर्ने भएको छ ।
त्यसैको तथ्यांकको आधारमा घर पुनः निर्माणका लागि स्थानीय सरकार र संघीय सरकारले सहयोग गर्ने नगरप्रमुख भामले बताए ।
मुगु
प्रतिक्रिया