कर्णाली । बाक्लो कुहिरो (हुस्सु) का कारण नेपालगञ्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् । मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन् ।
काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगञ्ज विमानस्थलमा थन्किएका छन् । उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन् ।– न्युज कारखाना
प्रतिक्रिया