सशस्त्र प्रहरीले लियो विलविजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

बारा । सशस्त्र प्रहरीले विलविजकभन्दा बढी सामान बोकेको एउटा ट्रक नियन्त्रणमा सलएको छ ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित पथलैयाबाट पुस ३ गते राति विलविजकभन्दा बढी सामान बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगंजले विरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ८३३४ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । विलविजकभन्दा बढी औषधि र अन्य सामान बोकेको ट्रकमा करीव ७८ प्रकारका सामाग्री रहेका छन् ।

बरामद सामान तथा ट्रक १ करोड ३९ लाख १४ हजार ४ सय १३ रुपैयाँ कायम गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीका नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया