बालविवाहविरुद्ध साझा अभियान कालिकोटको पत्रकार सम्मेलन

कालिकोट । बालविवाह विरुद्धको साझा अभियान कालिकोटले पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम गरेको छ । कालिकोटमा हुने छिटो विवाह, जवरजस्ती करणी विवाहा र मागी विवाह न्यूनिकरण गर्न पत्रकारहरुको भूमिका विषयक छलफल तथा बहस गरिएको छ ।

विशेष गरी बालविवाहविरुद्धको साझा अभियानले कर्णाली प्रदेशका जिल्लाहरुमा बालविवाह रोकथामका क्षेत्रमा काम गरिरहेको छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरण र बालविवाहविरुद्धको साझा अभियान कालिकोटको आर्थिक सहयोगमा पत्रकार सम्मेलन गरिएको हो ।

समाजमा रहेका विभिन्न कुरिती, कुसंस्कार न्यूनिकरणसहित बालविवाहको क्षेत्रमा पत्रकारका कलम सधैँ चल्नुपर्ने परियोजना संयोजक खडानन्द अधिकारीले बताए । अधिकारीले सूचना र सञ्चारको क्षेत्रबाट गाउँसमाजमा रहेका नागरिकहरुमा धेरै परिवर्तन गर्न सक्ने र जनचेतना फैलाउन सक्ने भएकाले सबै पत्रकार कुपर्थाको विरुद्ध लाग्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले सम्पूर्ण पत्रकारहरुले समाजमा रहेका बेथिति न्यूनिकरण गर्नतिर लागेको यथावत नै रहेको भन्दै अझै सक्रिय भएर पत्रकार तथा सञ्चारकर्मी लाग्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरुले बालविवाहविरुद्धको अभियानले कालिकोटमा राम्रो काम गरेको भन्दै आगामी दिनमा सबै थप जागरुक भएर लाग्नुपर्ने बताए ।

बालविवाहविरुद्धको साझा अभियानका संयोजक खडानन्द अधिकारीको अध्यक्षता, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ कालिकोटका सल्लाहकार एवं पूर्वअध्यक्ष कालीबहादुर मल्लको विशेष आतिथ्यमा कार्यक्रम भएको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया