कालिकोट । नेपाल पत्रकार महासंघ कालिकोटको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । निष्पक्ष पेशा स्वतन्त्र पत्रकार, प्रेस स्वतन्त्रता हाम्रो अधिकार’ भन्ने मुल नाराका साथ साधारणसभाको उद्घाटन समारोह सम्पन्न भएको हो ।
पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टको अध्यक्षता, नेपाल पत्रकार महासंघ कालिकोट शाखाका पूर्वअध्यक्ष तुलाराम पाण्डेको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्य उपस्थित अतिथि एवं सहभागीहरुले पत्रकार राज्यको चौथो अंग भएकाले समाज रुपान्तरणका क्षेत्रमा विगत लामो समयदेखि विभिन्न क्रियाकलाप गर्दै आएको र आगामी दिनमा पनि समाजमा रहेका विभिन्न हिंसा,राम्रा नराम्रा काममा कलम चलाई समाज परिवर्तन गर्नेतिर पत्रकार लाग्नुपर्ने बताए ।
सहभागी उपस्थितहरुले पत्रकार महासंघ कालिकोटको १५औँ साधारणसभा सफलताको शुभकामना दिँदै बन्दशत्रमा पत्रकारको हितका लागि निर्णय गर्नुपर्ने बताउँदै कार्यक्रम सफलताको शुभकामना दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतनबहादुर शाही, सशस्त्र प्रहरी बल नेपाल कालिकोटका प्रमुख, जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी शुबराज बम, नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले गरेका थिए । पत्रकार महासंघ नेपालको सुर्खेतमा हुने साधारणसभाको लागि कालिकोटबाट प्रतिनिधि बन्दशत्रबाट छानिने छन् ।
कालिकाेट
प्रतिक्रिया