अवैध मदिरा बोकेको गाडीसहित दुई जना पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ७ स्थित परिक्रमा गाछी ईलाकाबाट यही मंसीर २६ गते सशस्त्र प्रहरीले करिब ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई नियन्त्रणमा लिएको हो ।

बीआ. ०६ पीबी ९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया