हिंसा पीडितलाई न्याय दिने महिला आयोगकी सदस्य खतिवडाको प्रतिबद्धता

पाँचथर । जिल्लामा हुने एवं भए–गरेका हिंसा पीडित महिला तथा बालबालिकालाई सुरक्षित न्याय दिने राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

महिला आयोगले आइतबार फिदिम नगरपालिका कार्यालयमा हिंसा न्यूनीकरणका अन्तरक्रिया कार्यक्रममा गरेको थियो । आयोगले महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक, राजनीतिक क्षेत्रका युवासँग अन्तरक्रिया विषयक कार्यक्रम गरेको हो ।

आयोगकी सदस्य खतिवडाको सभापतित्व र फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा अन्तरक्रिया सम्पन्न भएको थियो । उक्त कार्यक्रममा हिंसा न्यूनीकरणकाका उपाय र रोकथामका आधार विभिन्न विधामा जिल्ला प्रहरी र आयोगको दुई वटा कार्य पत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा आयोगकी सदस्य खतिवडाले देश र जिल्लाका हिंसा र जोखिममा परेका महिला तथा बालबालिका लाइ सुरक्षित न्याय दिइएको र दिँदै जाने बताइन् ।

अन्तरक्रियामा अधिकारकर्मी प्रेम ओझाले हिंसाको पहिचान र लैंगिक हिंसाविरुद्ध न्युनिकरणमा वडास्तरीय समिति बनाएर लाग्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा नगर उपप्रमुख राधाकृष्ण न्यौपानेलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया