पाँचथर । फिदिम नगरपालिका न्यायिक समितिको आयोजनामा कानूनी सचेतना सुक्रबार सम्पन्न भएको छ । नगरपालिका तथा जिल्ला प्रहरी, जिल्ला प्रसाशनसहित संयुक्त र्याली गरेर हिंसा न्यूनीकरणका विषयसहित हस्ताक्षर संकलन गरी सुरु गरिएको थियो ।
हस्ताक्षर संकलन अभियान उद्घाटन नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले गरेका थिए । नगरपालिकाले बैठक र पैरवी पश्चात् नगरपालिकाको ६ वटा वडाहरू र ५ वटा विद्यालय कक्षा ८ माथि १२ कक्षाको बालबालिकाहरुलाई न्यायमा पहुँच अभिवृद्धि गर्नको लागि कानूनी सचेतना कार्यक्रम सँचालन गरेको हो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर कार्यक्रम सञ्चालन गरिएको थियो । नगरपालिकाको महिला तथा बालबालिका शाखा र विभिन्न सरोकारवालाहरुबीच समन्वय बैठक बसेर अभियान सुरु भएको दिन प्रभात फेरी कार्यक्रम, लैंगिक हिंसा न्यूनीकरणका लागि प्रचारप्रसार गर्नको लागि विभिन्न सञ्चार माध्यमबाट गरिएको थियो ।
१६ दिने अवधिको बिचमा परेको विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । पूर्वाञ्चल विश्वविद्यालयलमा अध्ययनरत क्लिनिकल कानूनी शिक्षाअन्तर्गत हालसम्म ५ वटा विद्यालयका कक्षा ८ देखि १२ सम्मका बालबालिकाहरुलाई कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिएको नगरपालिका न्यायिक समितिकी उजुरी प्रसाशक सरस्वती सिवाकोटीले जानकारी दिइन् ।
प्रतिक्रिया