इलाम । जिल्लाको माङसेबुङ गाउँपालिका इभाङमा बाघको आतंक बढेको छ । स्थानीय किसानले पालेको गाई र बाख्रा बाघले खान थालेपछि स्थानीय त्रसित बनेका छन् ।
बाघले शनिबार राति माङसेबुङ गाउँपालिका– २ इभाङका एक किसानको गाईको बाच्छी खाएको छ । बाघले स्थानीय धनकुमार लोरिन्देनको गाईको बाच्छी खाएको हो ।
बेलुका गोठमा बाँधेर राखेको बाच्छी बिहान हेर्दा शरीरका आधा भाग मात्र क्षतविक्षत अवस्थामा पाइएको लोरिनेदेनले बताए । त्यसैगरी बाघले अर्का किसान विष्णु खड्काको पनि दुईवटा बाख्रा खाएको छ ।
बाख्रा मारे केही भाग खाएर बाँकी छोडेर गएको पाइएको हो । यसरी बाघको बिगबिगी बढ्दा घरका पशुहरु नै सुरक्षित राख्न नसकिएको भन्दै गाउँलेहरुले चिन्ता व्यक्त गर्न छन् ।
आफ्ना पशु जोगाउन गाउँलेहरु गाई गोठ र बाख्राको खोर नजिकै आगो बालेर रातभर जाग्राम बस्न बाध्य भएका छन् । पछिल्लो समय गाउँमा वस्ती कम हुँदै गएपछि वनजंगल बाक्लो हुँदा गाउँमा समेत बाघले आक्रमण गर्न थालेको स्थानियहरु बताउँछन् ।
इलाम
प्रतिक्रिया