मतगणनास्थलमा तारजाली लगाइयाे

पाँचथर । फिदिमस्थित जिसस कभड हलमा तारजाली लगाइएको छ । तारजाली लगाइएपछि मतगणनास्थलको तयारी पूरा भएको बताइएको छ ।

उक्त स्थानमा मिडिया डेक्स, सुरक्षा पोष्ट, सिसिटिभी क्यामेरा व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
पाँचथर प्रतिनिधिसभा एक रहेको जिल्ला हो भने प्रदेशसभा दुई छन् ।

प्रदेश (क) मा १० जना र प्रदेशसभा (ख) मा ८ जना उम्मेदवार छन् भने प्रतिनिधिसभा सदस्यमा १५ जना उम्मेदवार मैदानमा रहेका छन् । भोलि देशभर मतदान हुँदै छ ।

प्रतिक्रिया