शिक्षा

सुन साथी शिक्षालाई अपनाउँदा
गर्छ यसले सबैलाई फाइदा
स्कुल जानुपर्छ, शिक्षा पाउनलाई
भनिदिनू है मेरो साथीलाई
ज्ञानको ज्योति फैलाएर देशलाई
विकास गर्दै लानू यसलाई
स्कुल जानुपर्छ, शिक्षा पाउनलाई
भनिदिनू है मेरो साथीलाई
शिक्षालाई प्राथमिकता दिएर
काम गरी इमानदार भएर
स्कुल जानुपर्छ शिक्षा पाउनलाई
भनिदिनू है मेरो साथीलाई
सानासाना हामी सबै मिलेर
ज्ञान लिई सधैँ अघि बढेर
स्कुल जानुपर्छ शिक्षा पाउनलाई
भनिदिनु है मेरो साथीलाई ।
सजु शर्मा
कक्षा, ७, रोल नं. ७
लुम्बिनी बोर्डिङ स्कुल, बुटवल

प्रतिक्रिया