प्युठान । प्युठानमा फोर्स जिप अनियन्त्रित भएर मध्यरातमा दुर्घटना हुँदा एकै घरका श्रीमान् श्रीमतीसहित ३ जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
जिल्लाको प्युठान नगरपालिका वडा नम्बर-५,पातलकटेरीका ४६ वर्षीय खुमान थापा निजकी श्रीमती वर्ष ४६ कि जुनकी थापा र सोही ठाउँकै वर्ष ५२ कि महिमा घर्तीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनकारी दिएका छन् ।
प्युठानको बिजुवारबाट पुर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप प्युठान नगरपालिका-५ पुर्णागाउँ नजिक कुडापानीको घुम्टीमा अनियंत्रित भएर दुर्घटना भएको प्युठान प्रहरीले जनाएको छ ।
प्युठान प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका -५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीय बिरि कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीय कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षिय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् ।
घाइते मध्य ६ जनाको बिजुवार अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ । जिप अनियंत्रित भइ सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ ।
चालक प्युठान नगरपालिका- ९ का २३ वर्षीय बिनोद के.एम सामान्य घाइते रहेका छन् । रातको समय भएकाले उद्घार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् । घटना स्थलमा नेपाल प्रहरी स्थानीय बासी जनप्रतिनिधिले उद्धार गरेका थिए ।
प्युठान
प्रतिक्रिया