उपाध्यक्ष शाहीको दसैँ कोसेली : एकल महिलालाई खाद्यान्न

कालिकोट । शुभकालिका गाउँपालिकामा एकल महिलाहरुलाई खाद्यन्न वितरण गरिएको छ । शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले आफ्नो उपाध्यक्ष कोष कार्यक्रमबाट एकल महिला र बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेकी छन् । शुभकालिका वडा नं १ देखि ८ सम्मका १ सय ७९ एकल महिला र प्रत्येक वडाका ४ जना अतिविपन्न घरपरिवारका ३२ गरि जम्मा २ सय १९ जनालाई एक बोरा जिराम सिनो चामल, एक किलो चिनि, एक प्याकेट खाने तेल राहत वितरण गरेकी हुन ।

दसैँ तिहारमा आर्थिक अवस्थाले पिरोली रहने एकल महिला र बिपन्न परिवारलाई खाद्ययान सहयोग गरेपछि आफुहरु खुसि भएको शुभकालिका वडा १ का गंगि रामजालीले बताईन् । रामजालीले कालिकोट जस्तो दुर्गमका एकल महिलाहरु आर्थिक अवस्थाले कमजोर र समाजको अवहेलनाले दुःखि भएको बेला शुभकालिकाको उपाध्यक्ष कोषले एकल महिला र बिपन्न परिवारलाई ठुलो सहयोग गरेको उनको भनाई छ ।

आगामी दिनहरुमा यस्तै राहतका कार्यक्रम सञ्चालन गर्न उपाध्यक्ष धर्मकला शाहीलाई रामजालीले सुझाव समेत दिईन । सहयोग कार्यक्रममा आफ्नो भनाई राख्दै शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले आफुले चुनाव लड्दाका बखत यस्तै गरिब तथा दिन दुखीको सेवा गर्ने बाचा गरेकाले आफ्नो कार्यक्रमबाट पहिला एकल महिला र बिपन्न परिवार लाई खाद्यान्न सहयोग गरेको बताइन् ।

उपाध्यक्ष शाहीले हुने खाने भन्दा आफ्नो सहयोग सँधै हुदा मात्र खानेको लागि हुने बताएकी हुन । उपाध्यक्ष पदमा नेपाली कांग्रेस पार्टीबाट आफू निर्वाचित भएपनि सबै जनतालाई गर्ने व्यवहार सबैलाई सम्मान हुने उनको भनाई छ ।

उपाध्यक्ष शाहीले उद्यम तथा रोजगारीका कार्यक्रमहरु सञ्चालन गर्ने, शुभकालिका गाउँपालिकामा रहेका एकल महिला, बालवालिका, बृद्धबृद्धा लगाएतका अन्य नागरिकहरुको हितमा हुने कार्यक्रम सञ्चालन गर्ने उनको दावी छ । राहत विरतण कार्यक्रममा शुभकालिका गाउँपालिका पञ्जिकरण शाखाका फिल्ड सहायक गोबिचन्द्र तिमिल्सेना, शुभकालिका गाउँपालिका वडा १ का वडा सचिव दिपेन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी लगाएत अन्य नागरिकहरुको उपस्थित रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया