ग्यास बिक्रेता महासंघकाे अध्यक्षमा चन्द्रबहादुर थापा

काठमाडाैं । ग्यास बिक्रेता महासंघ नेपालको अध्यक्षमा व्यवसायी चन्द्रबहादुर थापा चयन भएका छन् । महासंघको नवाैँ साधारण सभाबाट थापासहित निर्विरोध कार्यसमिति चयन गरिएकाे हाे । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान अनुसार उनी अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद दुलाल, उपाध्यक्षमा नारायणप्रसाद पौडेल, रामप्रसाद ज्ञवाली, विमला श्रेष्ठ, देविलाल गैरे र गेहेन्द्रप्रसाद रिजाल चयन भएका छन् ।

महासंघको महासचिवमा लालबहादुर केसी, सचिवमा राजेश दाहाल, कोषाध्यक्षमा रविन कार्की र सहकोषाध्यक्षमा राधिका महर्जन चयन भएका छन् । महासंघको सदस्यहरूमा कृष्णराज खतिवडा, रामशरण पुडासैनी, दिनबन्धु शाह, गोविन्दराज शाह, मधुसुदन ढकाल, महेन्द्र सेठिया, रमेश भट्टराई, रुपक बस्ताकोटी, रामकुमार खड्का, रामचन्द्र ठकुरी, प्रकाश तिवारी, पवनराज भण्डारी, नारायणदत्त दाहाल, श्रीहरी ढकाल र रामचन्द्र कँडेल चयन भएका छन् ।

प्रतिक्रिया