धनगढी । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बीमाको पहँुच बढाउन बीमा कम्पनीहरु ग्रामीण क्षेत्रका जनतासम्म पुग्नुपर्ने बताए । उनले बीमाको पहुँच बढाउन यसको महत्व, फाइदा बुझ्ने गरी ग्रामीण क्षेत्रका जनतासम्म पुग्नु पर्ने बताए । शुक्रबार धनगढीमा बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन समारोहमा बोल्दै मन्त्री शर्माले भने सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच न्युन छ, बजारमा मात्रै कार्यालयहरु खोलेर हुँदैन पहुँच बढाउन जनतासम्म पुग्नु प¥यो । बीमा समितिले बीमा कम्पनीहरुलाई गाउँसम्म जान पे्ररित गर्नुपर्ने बताउँदै उनले भने बीमितले गरेको दावीको भुक्तानी नपाएका गुनासाहरु पनि छन्, बीमा गरेको जोखिम भूक्तानी दाबी सहजरुपमा भुक्तानी नदिने खालको प्रबृतिको नियमन गर्ने खालको यो बीमा समिति भएकाले नियमन गरेर जनताको विश्वास बीमा प्रति बढ्ने बताए ।
सरकारले निम्न वर्गलाई प्राथमितामा राखेर बीमा गर्नुपर्ने हो, त्यो भइराखेको छनै,निम्न वर्गलाई प्राथमिकता दिनु पर्छ,पैसा हुने त आफै गर्न सक्छ उनले भने नहुनेको बीमा गर्नमा जोड दिनु पर्छ, त्यसकारण स्थानीय,प्रदेश र संघीय सरकारले आफै बीमा गर्न नसक्नेलाई विविध खालका बीमाहरु गर्ने कुराहरुमा पनि विभिन्न स्तरमा वजेट छुट्याइएका छन् त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार लाग्नु पर्ने र कार्यान्वयनको सहजीकरणको काम बीमा समितिले गर्नु पर्ने हो । बीमा समितिले सकृयता बढाएर स्थानीय तह,प्रदेश संघीय सरकारसँग सहकार्य गरेर सबैलाई सहभागी गराएर त्यहाँ भएका श्रोतको सदुपयोग गरेर,संघीय सरकाले गरिबका लागि छुट्याएको बजेटको सदुपयोग गरेर गरिबले प्रिमियम नतिर्नु पर्ने गरी बीमा गर्ने व्यवस्था गर्न मद्दत पु¥याउने काम गर्नु पर्ने उनले बताए ।
बीमा मार्फत जोखिम न्यनिकरण गरी जनतालाई राहत दिने सरकारको उद्देश्य रहेको उनले बताए । सरकारले बीमा ऐन संसदबाट पारित गरेको बताउँदै मन्त्री शर्माले प्रमाणीकरण हुन बाँकी रहेको र त्यसमा बीमा समितिलाई बीमा प्राधिकरण बनाइएको बताए । यो संस्थालाई अझ सशक्त बनाएका छौ उनले भने यसले सबै बीमा कम्पनीलाई सहजीकरण,दण्ड,सजाय गर्छ, कारबाही गर्छ,जनतालाई मद्दत गर्छ । बीमा नीति पनि पास गरेको बताउँदै उनले बीमाको क्षेत्रमा एक परिवार एक बीमा अवधारणालाई लागु गर्ने सरकारको अहिलेको कार्यक्रम रहेको बताए ।
कैलाली
प्रतिक्रिया