पर्साको बहुदरमाई नगरपालिकाको ८औं नगरसभा सम्पन्न

पर्सा । पर्साको बहुदरमाई नगरपालिकाको ८औं नगरसभा सम्पन्न भएको छ । साढे ३ महिना ढिलो गरि आज नगरसभा सम्पन्न भएको हो । नगरसभाले आर्थिक बर्ष ०७९–८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रमबाट ६७ करोड ७९ लाख ११ हजार ४ सय ३१ रुपैयाँको अनुमानित बजेट पारित गरेको छ । नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बिदुरप्रसाद उप्रेतीले नगरसभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए।

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पुर्वधार बिकास, युवा तथा महिला बालबालिका क्षेत्रलाई प्राथमिकतामा राखिएको नगरप्रमुख सिंगासन साह तेलीले बताए । नगरसभा ढिलो आएपनि दुरुस्त आएको सम्पूर्ण जनताको हित मा योजना समेटिएको मेयर साहले दावी गरे ।

नगरसभामा उपमेयर सुष्मा कुमारी कुशवाहा, प्रमुख प्रसाशकिय अधिकृत बिदुरप्रसाद उप्रेती, वडाध्यक्षहरु प्रमोद यादव, जितेन्द्र पटेल, दिनेश यादव, सुरेन्द्रप्रसाद यादव, सुनिल महतो कोईरी, प्रमोदप्रसाद साह, बिरेन्द्र प्रसाद यादव, पुनिलाल साह, रबिन्द्र कुमार गुप्तालगायत पालिका सदस्य, नगरपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, नगरसभामा ईन्जिनियर बिनेशकुमार साह, ईश्वरदेवप्रसाद यादव, लेखा उपेन्द्र साह, सह–लेखा हरीप्रसाद कुर्मी, समाजिक बिकास प्रमुख रामबाबुप्रसाद कुर्मी, आईटी कर्मचारी भास्कर पाण्डे, बिरेन्द्र साहलगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया