राज्यको परिवर्तनमा रेडियोको योगदान ठूलो : नवीनबाबु राई

इटहरी । ब्रोर्डकास्टिङ अफ एसोसिएसन नेपाल (बान) का नवनिर्वाचित महासचिव नवीनबाबु राईले राज्यको परिवर्तनमा रेडियोहरूको योगदान ठूलो रहेको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन सुनसरीको कार्यालयमा आइपुगेका उनले भने, ‘राज्यको परिवर्तनमा रेडियोको ठूलो योगदान छ, अब नवनिर्वाचित टिमले रेडियोहरूको स्तरोन्नतिका लागि विशेष काम गर्छ ।’ उनले नीतिगत रूपमा राज्यबाट अफ्ट्यारा भएकाहरूमा सहजीकरण गर्नमा नयाँ टिमले काम गर्ने बताए ।

उनले भने, ‘रेडियो कसले खोल्ने ? भन्ने कुराको पनि उत्तर खोजिनुपर्छ, उनले भने, रेडियोको वर्गीकरण हुनुपर्छ भन्ने हाम्रो एकसुत्रीय माग हो, रेडियोको भविष्य छ । रेडियोको व्यवस्थापकीय पक्ष कमजोर भएकाले पनि यस क्षेत्रमा अफ्ट्याराहरू आइपरेको उनले बताए । रेडियोको व्यवस्थापकीय पक्ष कमजोर छ, राज्यमा उद्योग, धन्दा चलेमात्रै रेडियो चल्छ ।’

गत शनिबार र आइतबार भएको अधिवेशनले बानको अध्यक्षमा कुमार भट्टराई सर्वसम्मत चयन भएका छन् । यस्तै, महासचिवमा उदयपुर घर भएका राईसहितको कार्यसमिति सर्वसम्मत चयन भएको हो । शुक्रबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, सचिव विवेक भट्टराई, सदस्य विवेक विवश रेग्मी लगायतले महासचिव राईलाई टोपी तथा खादा ओढाएर स्वागत एवम् बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया