सर्वोच्चबाट विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं । सर्वोच्च अदालतले अर्थशास्त्री प्राडा विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । यो आदेशसँग पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज भएको छ । तर नियुक्तिपछि उनको योग्यता र अरु प्रश्न उठाई आगामी दिनमा रिट निवेदन दर्ता हुने सम्भावना भने टरिसकेको छैन ।

अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । उनी अब नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुँदै छन् ।

आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबी उनलाई गभर्नर बनाउने सहमति भइसकेको छ भने आजै गभर्नर सिफारिस समितिको बैठक बसेको छ । आजै साँझ मन्त्रिपरिषद्को बैठकले गभर्नर जियुक्त गर्ने चर्चा भइरहेको छ ।

प्रतिक्रिया