गभर्नरका लागि विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले अर्थविद् डा. विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको हो ।

सदस्यद्वय पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डेसहितको समिति बैठक अर्थ मन्त्रालयमा बसेको थियो ।अब केही बेरमा बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई नयाँ गभर्नर नियुक्त गर्ने छ ।

प्रतिक्रिया