कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश चौधरी पक्राउ

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी पक्राउ परेका छन् । विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते पक्राउ पूर्जी जारी भएका चौधरी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

कार्कीका अनुसार फरार सूचीमा रहेका अध्यक्ष चौधरी मंगलबार आफै उपस्थित भएका थिए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । आजै म्याद थपका लागि अदालत उपस्थित गराइनेछ । उनले जबर्जस्ती करणीमा परेकी युवतीको गोपनीयता भंग गरेको आरोप छ ।

प्रतिक्रिया