पर्साबाट लागूऔषध बरामद

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–२ भगुवास्थित सीमा ईलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले ८१ हजार ४ सय ९० ट्याब्लेट (८ हजार १ सय ४९ पत्ता) ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको छ ।

उक्त लागूऔषध सशस्त्र प्रहरी बल नपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका दुई व्यक्तिले भगुवा नाकास्थित सिर्सिया नदिको बाटो कार्टुनमा राखेर लागूऔषध ल्याउँदै गर्दा गस्तीमा रहेको सुरक्षा फौजलाई देख्नासाथ सो लागूऔषध छाडेर फरार भएका थिए । बरामद लागूऔषध आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया