पाँचथर । फिदिम मा शनिबार एक कविता संग्रह विमर्श गरिएको छ । मदन पुरस्कारमा छनोट भएको कविता संग्रह, ‘यादको सन्दुक’ विमर्श गरिएको हो । उक्त कविता संग्रह दिपा मेवाहाङ राइको कविता हो ।
कविता संग्रहमा ४८ वटा कविता रहेका छन् । कवितामा नारिवाद र प्रेमिल रहेको समिक्षकहरुले विचार व्यक्त गरे । पाँचथर गजल मञ्चको आयोजनामा सो कविता विमर्श गरिएको हो ।
उक्त कवितालाई, देवेन्द्र सक्तेन, मधुराज केरुङ, राधा लुइटेल, र सुनिल आङबोले समिक्षा गरका थिए । कविता विमर्शलाई अग्रज साहित्य कार तथा गजल मञ्चका सल्लाहकार प्रेम ओझाले पुस्तकको कविता वाचन गर्दै उद्घाटन गरेका थिए । विमर्श कार्यक्रमकाे पाँचथर गजल मञ्चका अध्यक्ष सन्देश सुब्बाले अध्यक्षता गरेका थिए ।
प्रतिक्रिया