आफ्नै श्रीमान्ले बलात्कार गरे भन्दै श्रीमतीले गरिन् प्रहरीमा उजुरी

बुटवल । रुपन्देहीमा वैवाहिक बलात्कार विरुद्धको मुद्दा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै वैवाहिक बलात्कारको मुद्दा दर्ता गराएकी हुन् ।

तिलोत्तमा नगरपालिका– १७ निवासी पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर महिलाले गत मंगलबार आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् ।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।

सो अत्याचारबारे परिवारजन र आफान्तलाई जानकारी गराउँदा पनि वास्ता नगरेपछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छन् । उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ । आफ्नै श्रीमतीलाईसमेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया