साझा चाड साउने सक्रान्ति

आज साउने सक्रान्ति पर्व नेपालभर विशेष किसिमले मनाइँदैछ । हाम्रा अधिकांश चाडपर्वहरु आफ्नै मौलिक नेपाल संवत्को पात्रोका आधारमा मनाइन्छन् । विक्रम संवत्को पात्रो अनुसार मनाइने चाडपर्वहरु निकै थोरै छन् । यिनै थोरै मध्येको चाड हो साउने सक्रान्ति । हाम्रा अधिकांश चाडपर्वहरु निश्चित जाति तथा समुदायगत छन् , आम नेपालीका साझा चाडपर्वहरु थोरै छन् । यिनै थोरैमध्येको चाड हो साउने सक्रान्ति । साउने सक्रान्ति चाडले सबै नेपालीहरुलाई एक सुत्रमा बाँधेको छ । दार्चुलादेखि झापासम्म र ताप्ेलेजुङदेखि कन्चनपुरसम्मका नेपालीले उत्तिकै महत्वका साथ मनाउने साझा पर्व भनेकै माघे सक्रान्ति हो । कन्चनपुरका राना थारुदेखि ताप्लेजुंगका लिम्वुसम्म र झापाका धिमाल देखि दार्चुलाका व्यासी तथा तराईका मधेसीदेखि हिमाली क्षेत्रका शेर्पासम्मले साउने सक्रान्ति पर्व विशेष रुपमा मनाउने गर्छन् । खस आर्य समुदायले साउने सक्रान्तिलाई लुतो फाल्ने पर्वका रुपमा मनाउने गरेको पाइन्छ । मधेसी समुदायमा साउन महिना भरी नै कठोर व्रत बसी भगवान शिवजीको उपसाना गर्ने , सात्विक भोजन गर्ने प्रचलन छ । जनजाती समुदायमा भने माघे सक्रान्ति पर्व मनाउने आआफ्नै तरिका छन् ।

नेवार समुदायले अर्थिक वर्षको सुरुवातका रुपमा मनाउने गर्दछ । जसलाई राज्यले समेत नयाँ आर्थिक वर्षका रुपमा अपनाएको छ । मगर तथा गुरुङ समुदायले विभिन्न खेलकुँद प्रतियोगिताको आयोजना गरी साउने सक्रान्ति मनाउने गरेको पाइन्छ । राई– लिम्बु अर्थात किराँत समुदायको त साउने सक्रान्ति विशेष चाड नै हो । साउने संक्रान्ति किराती समुदाय बीच ’सिसेक्पा तङ्नामको नामले मनाईन्छ । किरातीहरूले आफ्नो ईष्ट देवको सम्मानमा साउने संक्रन्तिको दिन नयाँ पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । थारु समुदायले थारु गुरिया पर्व अर्थात भाइ बहिनीको माया प्रेमको प्रतिकका रूपमा साउने सक्रान्ति मनाउने गरेको पाइन्छ ।

मानव समाजको सभ्याताको विकासका क्रममा धेरै ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरु निर्माण भएका छन् । कुन समाजको सभ्यताको उचाई कति माथि छ ? भन्ने मापदण्ड भनेका ऐतिहासिक तथा पुरतात्विक सम्पदाहरु नै हुन् । मूर्तसम्पादाका हिसावले इजिप्टको पिरामिड , चीनको ग्रेटवाल , भारतको ताजमहल लगायतलाई लिन सकिन्छ । नेपालमै पनि मल्लकालका मूर्तसम्पदाहरु विश्व प्रसिद्ध छन् । अमुर्त सम्पदा भनेका सांस्कृतिक रितिरिवाज तथा चाडपर्वहरु नै हुन् । सास्कृतिक रितिरिवाज तथा चाड पर्व जस्ता अमूर्त संस्कृतिको दृष्टिले नेपाल विश्वकै आकर्षणको केन्द्र बनेको छ । मूर्तसम्पदाहरु जति बैज्ञानिक छन् , अमूर्तसम्पदाहरु पनि त्यति नै बैज्ञचानिक छन् । कुनै पनि पर्व मनाउने विधिका पछाडि तर्क संगत बैज्ञानिक कारणहरु रहेको पुष्टि भइसकेको छ । साउने सक्रान्तिकै सन्दर्भमा भन्ने हो भने सूर्य दक्षिणायण हुन थालेपछि र आकाशमा कालो बादल मडारिन थाले सँगै मनाईने पर्व हो । जसलाई नेपालका विभिन्न समुदायले बेग्ला बेग्लै नाम तथा तरिकाले मनाउने गरेका छन् ।

उदाहरणका लागि पहाडी क्षेत्रमा समुदायमा साउने सक्रान्तिका दिन सकेसम्म धेरै बनस्पतिका नुमाना संकलन गरेर पूजा गर्नु पर्ने चलन छ । जुन वनस्पतिहरु अघि पछि खासै वास्ता हुँदैन , ती बनस्पतिहरुको नमुना साउने सक्रान्तिका दिन संकलन गरिन्छ । प्राकृतिका सबै बनस्पतिहरु महत्वपूर्ण छन् र कुनै न कुनै बेला काम आउने भएकोले जगर्नेना गर्नुपर्छ भन्ने सन्देश हो यो । नेपालमा धेरै जसो बनस्पतिहरु उम्रने समय पनि हो यो ।

बढ्दो शहरीकरण तथा विघटित पारिवारिक संरचनाका कारण दचाडपर्व मनाउने मौलिक शैलीमा परिवर्तन हुँदै गएको छ । जसको चपेटामा हाम्रो मौलिक पर्व साउने सक्रान्ति पनि परेको छ । खासगरी पछिल्लो समयमा हाम्रा चाडपर्वको मौलिकतालाई भारतीय शैली तथा संसकृतिले विस्थापित गर्दै लगेको छ । तिहार भन्न छाडेर दिपावली भन्ने , दशैं भन्न छाडेर विजयादशमी वा दशहरा भन्ने प्रचलन सुरु भइसके जस्तै साउने सक्रान्ति पर्व मनाउने मौलिक संस्कृति तथा शैली माथि भारतीय विस्तर सुरु भइसकेको छ । उदाहरणका लागि हिँजो आज साउने सक्रान्तिमा खस आर्य समुदायले खसी बोका काट्न छाडिसकेका छन् ।

मीठो मसिनो खान स्वदेशी उत्पादनमै प्रयोग हुने पैसा हरियो चुरा किन्नका लागि भारत जान थालेको छ । हिँजो सम्म हाम्रा चाडपर्वहरु हाम्रै देशको आर्थिक गतिविधि फष्टाउने माध्यम थिए तर पछिल्लो समयमा आफ्नो देशको रकम विदेश जाने माध्यम बन्न समेत थालेका छन् हाम्रा पर्व । एकातिर मौलिकता हरण भएको छ भने अर्कातिर आर्थिक हरण पनि भइरहेको छ ।

प्रतिक्रिया