संकटमा नैतिकताको परिभाषा

अन्ततोगत्वा अर्थमन्त्री जनार्दन शर्मा आफ्नो चट्टानी अडानबाट पछि हट्दै मन्त्रीपदबाट बाहिरिएका छन् । भ्रष्टाचारको आरोप लागेका अर्थमन्त्री शर्माले बुधबार प्रतिनिधिसभाको बैठकमा राजीनामा दिएका हुन् । उनीमाथि बजेट निर्माणको अन्तिम चरणमा अनधिकृत व्यापारीलाई प्रवेश गराएर करको दायरा हेरफेर गरिएको र यो प्रकरणको सिसिटिभी रेकर्ड नष्ट गरिएको आरोप लागेको थियो । यो आरोपबारे छानविन गर्न संसदीय समितिसमेत गठन गरिएको थियो । अर्थमन्त्री शर्माले आफ्नो राजीनामालाई नैतिकताको प्रदर्शन भनेका छन् । उनको पार्टी माओवादी केन्द्रले पनि अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिएको दावी गरेको छ । करिव दुई वर्षअघि सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि तत्कालीन सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए ।

यो राजीनामालाई अहिले पनि बाँस्कोटाले नैतिकताको प्रदर्शन भनिरहेका छन् । उनको पार्टी एमालेले पनि नैतिकताको प्रदर्शन भन्दै बाँस्कोटालाई उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेको छ । यसैगरी ६ महिनाअघि आफ्नो पार्टी नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि तत्कालीन रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका थिए । डा. रिजालले पनि आफ्नो राजीनामालाई नैतिकताको प्रदर्शन भन्दै आएका छन् । यी तीनै वटा राजीनामालाई एउटै टोकरीमा राखेर नैतिकताको जलप लगाउनु कति ठीक कति बेठीक ? भन्ने प्रश्नको उत्तर खोज्नु जरुरी छ ।

त्यतिबेला रक्षामन्त्री डा. रिजालले आपूmमाथि कुनै अभियोग लागेका कारण, कसैले औंला ठड्याएका कारण वा कसैले दबाब दिएका कारण पदबाट राजीनामा दिएका थिएनन् । आफ्नो पार्टीको आन्तरिक चुनावमा पराजित भए पनि मन्त्री बन्नका लागि अयोग्य थिएनन् । बरु उनीमाथि राजीनामा नदिन दबाब थियो । तर उनले राजीनामा दिए । नैतिकता प्रदर्शन भनेको यही हो । यता तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशपछि राजीनामा दिएका हुन् । ७० करोड घुस मागेको अडियो रेकर्ड नक्कली भएको प्रमाण पेस गर्न सकेको दिन मात्रै बाँस्कोटाको राजीनामालाई नैतिकताको कोटीमा राख्न सकिन्छ । यतिबेला अर्थमन्त्री शर्माले दिएको राजीनामालाई नैतिकताको परिभाषाभित्र राखिनु हास्यास्पद हो ।

कि त नैतिकताको परिभाषा फेरिनु प¥यो, होइन भने यस्तो पदमुक्तिलाई नैतिकताको प्रदर्शन भन्न मिल्दैन । बजेट निर्माण प्रक्रियाको अन्तिम चरणमा अनधिकृत व्यक्ति प्रवेश गराइएको प्रकरण अर्थमन्त्री शर्मा माथिको आरोप मात्रै हो कि ? भन्ने अनुमान सुरुआती चरणमा नगरिएको होइन । यो आरोप झुठो प्रमाणित गर्न अर्थमन्त्री शर्माले त्यो दिनको सिसिटिभी रेकर्ड सार्वजनिक गर्न सक्नुपथ्र्यो, तर रेकर्ड नै नष्ट गर्न पट्टी लागे । यदि उनी दोषी नभएको भए सिसिटिभी रेकर्ड किन नष्ट गरे त ? भन्ने प्रश्न अत्यन्त स्वभाविक हो ।

सिसिटिभीको रेकर्ड नष्ट गरेको समाचार नआउँदासम्म उनलाई मन्त्री पदमा अड्याउने प्रयत्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेकै हुन् । तर रेकर्ड नष्ट गरेपछि पदमुक्त गर्नुबाहेक प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डमाथि अर्को विकल्प रहेन । यस्तो अवस्थामा दिइएको राजीनामालाई नैतिकताको प्रदर्शन भन्ने हो भने ६ महिनाअघि रक्षामन्त्री डा.रिजालले दिएको राजीनामालाई कुन परिभाषा दिने ?

नैतिकताको लागि नीति, नियम र समाजले सीमा तोकेको हुन्छ । त्यही सीमाभित्र बसेर आप्mनो नैतिकताको परिभाषा आफँैले दिने हो । अरूको लागि होइन आप्mनै लागि हो नैतिकताको परीक्षा दिने र उत्तीर्ण हुने । समाजले प्रश्न नउठाउँदै आफ्नो गल्ती कमजोरीको जिम्मा लिएर आपूmले आफ“ैलाई सजाया दिनु नै नैतिकता प्रदर्शन हो । समाजमा असल छवी प्रस्तुत गर्नु नै नैतिकताको प्रदर्शन हो । खासगरी सार्वजनिक पद धारण गरेको व्यक्तिबाट समाजले यस्तो अपेक्षा गरेको हुन्छ । तर नेपालमा ठीक उल्टो भइरहेको छ । जसले नैतिकवान बनेर समाजसामु उदाहरण प्रस्तुत गर्नुपर्ने हो तिनै व्यक्ति अत्यन्त लिच्चड छन् ।

उनीहरूले समाजमा आप्mनो नैतिकताको धरातल गुमाएका मात्रै छैनन्, समाजलाई नै अनैतिक बनाइदिएका छन् । बेइमानीलाई नैतिकताको परिभाषाभित्र पार्न खोज्नु झन् ठूलो अपराध हो । धन, सम्पत्ति वा विलासितालाई मुख्य केन्द्रविन्दुमा राखेर काम गर्ने र अरू कुराहरूलाई गौण बनाउनेहरूले नै नैतिकताको परिभाषा बदल्न खोजेको देखिन्छ । व्यापारीको ध्यान जसरी भए पनि धन कमाउने, राजनीतिकर्मीको ध्यान जसरी भए पनि सत्तामा बस्ने अनि कमाउने, कर्मचारीको ध्यान अरूलाई प्रभावमा पारेर वा जे गरेर भए पनि स्वार्थ परिपूर्ति गर्ने, सर्वसाधारणहरू जसलाई जे गरेर पनि आप्mनो दुनो सोझ्याउने आदि चलनले आजकल कुन काम नैतिकवान र कुन काम अनैतिक भन्ने छुट्याउन मुस्किल पारेको छ ।

प्रतिक्रिया