आलियाको ‘डार्लिङ्स’ को टिजर

काठमाडौं । अभिनेत्री आलिया भट्टको फिल्म ‘डार्लिङ्स’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर आलिया भट्टको आवाजबाट सुरुआत भएको छ । टिजरमा सस्पेन्सबीच कमेडी सिन देखाइएको छ। डार्क कमेडी फिल्ममा आलिया भट्टसँगै शेफाली शाह, विजय वर्मा र रोशन म्याथ्युलगायत कलाकारको अभिनय छ ।

फिल्मलाई शाहरुख खानको रेड चिली प्रोडक्सन हाउस र आलियाको सनशाइन प्रोडक्सन हाउसले मिलेर निर्माण गरेका हुन् । यही फिल्मबाट आलियाले निर्माताको रुपमा डेब्यू गरेकी छन् । आलियाले निर्माणमा गौरी खान र गौरव वर्मासँग सहकार्य गरेकी छन् ।

जसमित के रीनले निर्देशन गरेको फिल्मको लेखन जसमित र परवेज शेखले गरेका हुन् । यो फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा प्रदर्शन हुँदैछ ।

आलिया भट्ट ‘ब्रह्मास्त्र’मा पनि देखिँदै छिन् । आयान मुखर्जीद्वारा निर्देशित फिल्ममा आलियासँगै रणवीर कपूर, अमिताभ बच्चन, अक्किनेनी नागार्जुन र मोनी रोयको मुख्य भूमिका छ । याे फिल्म आउँदो सेप्टेम्बर ९ तारिखमा विश्वभर एकसाथ प्रदर्शन हुनेछ । 

प्रतिक्रिया