गोली देखाएर छिमेकी तर्साउने पक्राउ

ईलाम । सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोलीसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

राईले राईफलको गोली देखाएर घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनको घरको तलासी लिएको थियो ।

प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया