बैतडी । ‘यो मुटु छुन लाग्यो’ बोलको देउडा गीत सार्वजनिक भएको छ । चर्चित देउडा कलाकार तथा सर्जक माधव विष्ट (कैलाश) को उक्त देउडा गीत सार्वजनिक भएको हो । गीतका परिकल्पनाकार आफँै रहेका विष्टले कथा, लय तथा शब्द पनि आफैँले कोरेका हुन् । यस्तै गीतमा चर्चित कलाकार भुवन प्रकाश बडूको एरेञ्ज तथा भरत भट्ट र गौरी भट्टले आवाज दिएका छन् ।
गीतको भिडियोलाई संगीत विकल्पले निर्देशन गरेको गीतको भिडियोको छायांकन अमन बडूको रहेको छ । मनोज डंगोलले रेकर्ड तथा मिक्सिङ गरेकोे गीतको भिडियोमा सर्जक विष्ट, आशा शाही, भुवन बडू र टेक ऐरको अभिनय छ ।
‘घर छैन आँसुको’, ‘सुदूरपश्चिम स्वर्गसरी’, ‘जन्म्याभूमि फर्केर आइग्यु दोगडाकेदार’, ‘न्याउली’ जस्ता दजनौँ गीतको सिर्जना गरिसकेका विष्टले यो गीत पनि फरकपनका साथ तयार पारिएको बताए । पछिल्लो समय टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण सम्बन्धमा आउने उतारचढाव, मिलन, विछोडलाई गीतमार्फत प्रस्ततु गरिएको सर्जक विष्टको भनाइ छ ।
प्रतिक्रिया