पाँचथरमा पहिरोमा परि तीनजना बेपत्ता

पाँचथर । फालेलुङ ७ विहिदिनमा सुक्रबार राति १० बजे पहिरोले बगाउँदा तिनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ बर्षिय रुपलाल मगर, उनकी पत्नी ३८ बर्षिया गोमा मगर, भतिजी १९ बर्षिया एलिसा मगर रहेका छन् ।

सुरक्षाकर्मी घटना स्थलमा पुगेर बेपत्ताको उद्धार गरिरहेको छ । घटनास्थलमा नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय उद्धारमा खटिएको प्रहरीले जनाएको छ।

पहिरोबाट ७१ बर्षिय दलप्रसाद मगरलाई सकुसल उद्धार गरिएको जनाइएको छ । घरसहित गोठ बगाउँदा पशुचौपाया समेत बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया