धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन् । शनिबार भएको संघको निर्वाचनमा कुँवरले उनका प्रतिद्धन्दी सुरेन्द्र राठीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
कुँवरले ६७८ मत र उनका प्रतिद्धन्दी राठीले ३५५ मत पाएका छन् । कुँवरको यो दोस्रो कार्यकाल हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उपाध्यक्ष (उद्योग) मा दिनेश लम्साल,उपाध्यक्ष (एशोसिएट) मा मनोज अग्रवाल, उपाध्यक्ष (वस्तुगत) मा लक्ष्मणराज पन्त,महासचिवमा ओमबहादुर विष्ट विजयी भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् । पदाधिकारीमा विजयी सबै कुँवर प्यानलका उम्मेदवार हुन । सदस्यहरुमा पनि अधिकांस कुँवर प्यानलबाटै विजयी भएका छन् । शनिबार भएको संघको निर्वाचनमा १ हजार ९५ मत खसेको थियो ।
कैलाली
प्रतिक्रिया