सिसडोल जाँदै नास्टका वैज्ञानिकसहितको टोली

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकसहितको टोली आज नुवाकोटको सिसडोल जाँदै छ । सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न टोली दिउँसो १२ बजे जाने भएको हो ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयका अनुसार वातावरण विभागका प्रमुख सरिता राईको नेतृत्वमा नास्टका विज्ञ डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी सहितको टोली सिसडोल जाने भएको हो ।

यसअघि जेठ २० गते मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले सिसडोल क्षेत्रको भ्रमण गरी एक हप्ताभित्र दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । त्यहाँ पुगेर उक्त ठाउँको लिच्चड, पानी र ग्यासको परीक्षणको साथै गन्धको लागि स्याम्पल परीक्षण गर्ने कार्यक्रम रहेको मेयर शाहको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया