बैतडीको सुर्नया धुलिधारमा खानेपानीको हाहाकार

खानेपानी मर्मतका लागि गएका स्थानीयहरु नबनेपछि निराश हुदै घर फर्किर्दै । तस्विर : साैर्य अनलाइन

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ५ धुलिधारमा खानेपानीको चरम अभाव भएको छ । झन्डै १५० बढी परिवारको बसोबास रहेको धुलिधार टोलमा खानेपानीको चरम अभाव भएको स्थानीय दीपक बिष्टले जानकारी दिए । डेढ घण्टाको दुरीमा रहेको न्वालाबाट खानेपानीको जोहो गर्नु परेको उनले बताए । ‘खानेपानी ल्याउनका लागि डेढ घण्टाको दुरीमा रहेको न्वालामा जानुपर्छ, त्यहाँ पनि पर्याप्त पानी हुदैन् घण्टौ लाईनमा बस्नुपर्छ’ उनले भने ।

गाउँमा खानेपानीको व्यवस्था नहुँदा समस्या हुने गरेका अर्का स्थानीय नरेन्द्र बिष्टले बताए । २०४२ सालमा निमार्ण भएको खानेपानीको योजना जिर्ण हुँदा अहिले गाउँमा खानेपानीको हाहाकार भएको उनले जानकारी दिए । उनले भने, ‘जिर्ण भएको योजना निर्माणका लागि कसैको ध्यान जान सकेको छैन्।’ सुर्नया गाउँपालिका ७ खड्कीगाड मुहानबाट गाउँमा पानी पुगेकोमा एक महिना देखी गाउँमा पानी नआउँदा खानेपानीको समस्या भएको स्थानीय दीपक बिष्टले बताए ।

‘गाउँमा खानेपानी पुर्याउन स्थानीयहरुले लगातार पाँच दिन काम गरे , तर गाउँमा पानी नपुग्दा उनीहरु निराश भएका छन’, बिष्टले भने । मूहानमा प्रशस्त पानी भए पानी पाईपलाईन जिर्ण हुँदा गाउँमा पानीको अभाव भएको हो । स्थानीयहरुको पानीको समस्या बारे जानकार रहेको बताउदै सुर्नया गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुवँरले गाउँमा खानेपानी समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए ।

प्रतिक्रिया