मन्त्री हेरफेरप्रति अनेमसंघ (समाजवादी)को असन्तुष्टि

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)ले मन्त्रीमा गरेको हेरफेरमा महिलाको नाम नपरेकोमा पार्टीको भातृ संगठन अनेमसंघ (समावजादी)ले आपत्ती जनाएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए ।

आइतबार बुझाइएको मन्त्रीमा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

पाँच जना मन्त्री सिफारीस गर्दा एक जनाको पनि नाम समावेश नगरेकोमा अनेमसंघको असन्तुष्टि व्यत्ति गरेको छ । ‘आज बसेको पार्टीको सचिवालय बैठकले मन्त्रीमा हरेर फेर गर्ने निर्णय गरेर सोको नाम प्रधानमन्त्री कार्यालयमा बुझाएको समाचार आयो सिफरिस भएको नाममा एक जना पनि महिला नपर्दा हामीलाई दुःख रालेको छ ।’ संघ उपाध्यक्ष सावित्रा भूसाले भनिन्, ‘पार्टीले यसमा पुनरबिचार गर्छ भन्ने लागेको छ ।’

नेकपा (एकीकृत समाजवादी)ले गएको राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत महिला निर्वाचित गरेकोमा अहिले मन्त्रीमा एक जना महिलाको पनि नाम सिफारीस नगरेकोमा दुःख लागेको अर्का पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भनिन् । यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

प्रतिक्रिया