आइएमइएको नयाँ योजना

काठमाडौं । रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२ औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देशविदेशमा रहेका सेवाग्राहीलाई लक्षित गरि सेवाग्राहीमूखी ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ ।

योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक साता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी २० जना विजेताले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सैम्संग एस २२ मोवाइल प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।

योजनामा सहभागी हुने सेवाग्राहीमध्ये २१ जना विजेता लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया