काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर बालेन शाहको संयाजकत्वमा फोहर व्यवस्थापनका लागि समिति गठन गरेको छ। समितिले महानगरको फोहर व्यवस्थापन विकल्प खोज्नुका साथै उचित व्यवस्थापनका विषयमा अध्ययन गर्नेछ । यसैगरी महानगरमा भएको शौचालयको समस्या समाधानका लागि रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने निर्णय पनि गरिएको छ । त्यसका लागि सम्झौता गर्ने र बोर्ड राख्ने बताइएको छ ।
यसैगरी महानगरबासीको गुनासो सुन्ने कल सेन्टर बनाउने निर्णय पनि गरिएको छ । उक्त कल सेन्टर ७ दिनभित्र बनाउने निर्णय गरिएको छ । यसैगरी कल सेन्टरकै मातहतमा समस्या समाधानका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि निर्णय गरिएको छ । यसैगरी ढलको समस्या समाधान गर्ने विषयमा पनि निर्णय गरिएको छ ।
प्रतिक्रिया