उदयपुरको त्रियुगा नगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सोमबार सार्वजनिक भएको मतपरिणामअनुसार प्रमुख पदमा निर्वाचित नेपाली कांग्रेसका वसन्त कुमार बस्नेतले १३ हजार ९५९ मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा एमालेका ११ हजार ८७३ मत ल्याए ।

मतगणनाको सुरुवाती चरणमा अग्रता लिएका एकीकृत समाजवादीबाट मेयर पदका उम्मेदवार बलदेव चौधरीले ९ हजार १४७ मत ल्याए । उपप्रमुखमा नेकपा एमालेकी महेश्वरी राई १३ हजार ७०३ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सरिता राईले ११ हजार ९८१ मत ल्याइन् भने नेकपा माओवादी केन्द्रकी गिता खड्का (कार्की)ले ६ हजार ५६८ मत ल्याइन् ।

१६ वडा रहेको नगरपालिकामा नेपाली कांग्रेसले ९ वडाको वडाध्यक्ष जितेको छ । नेकपा एमालेले ४ र माओवादी केन्द्र ३ वटा वडामा वडाध्यक्ष जितेको छ ।

स्थानीय तहको निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदानको दिन विवाद भएर १ जनाको मृत्यु भएपछि मतपेटिका उठाउनै ढिला भएको थियो। सर्वदलीय सहमति गरेर मतपेटिका उठाइ ढिला मतगणना सुरु भएको थियो । मतगणनाको अन्तिम परिणाम सोमबार सार्वजनिक भएको हो ।

प्रतिक्रिया