काठमाडौं : नेपाल चलचित्र सेन्सर बोर्डका अध्यक्ष सुशील ओझाले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आफूलाई सञ्चार महाशाखाबाट प्रशासन शाखामा सरुवा गरिएपछि राजीनामा दिएका हुन् ।
ओझाको राजीनामापछि मन्त्रालयमा सञ्चार महाशाखा प्रमुख नारायणप्रसाद सञ्जेल सेन्सर बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । सञ्चार महाशाखा प्रमुख नै सेन्सर बोर्डको अध्यक्ष हुने प्रावधानअनुसार सञ्जेल सेन्सर बोर्डको अध्यक्ष बनेका हुन् । अध्यक्ष सञ्जेलले मंगलबारबाट सेन्सर बोर्डको कार्यभार सम्हालेका एक सेन्सर सदस्यले बताए ।
लो प्रोफाइलका सिनेमालाई प्रदर्शनको अनुमति दिएको भनेर आलोचना खेप्दै आएका ओझाले आफू सही हुँदाहँुदै पनि सिनेकर्मीले विभिन्न आरोप लगाएको बताउँदै आएका थिए । ‘कुनै विवादले भन्दा पनि मेरो सञ्चार मन्त्रालयको प्रशासन शाखामा सरुवा भएकाले बोर्डबाट राजीनामा दिएको हुँ,’ ओझाले भने । पछिल्लो समय एटिएम चलचित्रको सेन्सर पास गरेका कारण ओझा चलचित्रकर्मीको आलोचनाको तारो बनेका थिए । (सौस)
प्रतिक्रिया