खुर्पामा कर्णालीको कथा

काठमाडौं : दुर्गम कर्णाली क्षेत्रको जनजीवन र सांस्कृतिक पक्ष समेटेर चलचित्र खुर्पा निर्माण हुने भएको छ । सोमबार लगनखेलस्थित साझा पार्टी प्यालेसमा एमाले अध्यक्ष झलनाथ खनालले क्ल्याप पड्काएर यसको शुभमुहूर्त गरे । निर्माता संघका महासचिव केशव भट्टराईले नरिवल फोरेको मुहूर्त सटको निर्देशन चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले गरेका थिए ।
नेता खनालले चलचित्र चेतना जगाउने सशक्त माध्यम भएको बताउँदै निर्माण टोलीलाई कर्णालीको परिवेश जस्ताको तस्तै पदार्मा उतार्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गरे । भने– ‘नेपाली चलचित्र क्षेत्रले सोचेअनुसार फड्को मार्न नसकिरहेका बेला यो चलचित्रले प्रगति गरोस् ।’
उद्धव अविदितको निर्देशन रहने चलचित्रमा महेश गिरी प्रस्तुतकर्ता छन् ।  ‘दुर्गम कर्णालीप्रति राज्यले बेवास्ता गरेको विषयलाई चलचित्रमा समेट्नेछौँ,’ निर्देशक अविदितले जानकारी दिए ।
जेनिसा केसी,  दिनेस दुलाल, निस्तेज निरौला, श्रीयानी संग्रौला, विष्ण्ुाभक्त फुयाँललगायत कलाकारले अभिनय गर्ने चलचित्रमा राजु बिक्रम थापाको छायांकन, सुरेश अधिकारीको संगीत तथा निर्देशक अविदितकै लेखन रहनेछ । (सौस)

प्रतिक्रिया