कागेश्वरी मनोहरामा कांग्रेसका कार्की निर्वाचित

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहराको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार उपेन्द्र कार्की मेयरमा निर्वाचित भएका हुन् । कार्की ११ हजार ३ सय २२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण ढुंगानाले ८ हजार २ सय ६३ मत प्राप्त गरे ।

उपमेयरमा भने एमालेकी उम्मेदवार शान्ता थापा विजयी भएकी छिन् ।​ उनले ९ हजार ९ सय ७५ मत प्राप्त गरिन् । उनले माओवादी केन्द्रका भोला चापागाईंलाई पराजित गरिन् ।​ चापागाईंले उपमेयरमा ५ हजार ४ सय २२ मत प्राप्त गरेका छन् । २०७४ मा कागेश्वरी मनोहरामा एमाले मेयर र उपमेयर मै विजयी भएको थियो ।

प्रतिक्रिया