हेटौँडा उपमहानगरमा ६३ हजार १२४ मतगणना

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिनाकुमारी लामाले आफ्नो अग्रतालाई निरन्तर कायम गरिराखेकी छन् ।

हालसम्म ६३ हजार १२४ मत गणना भइसक्दा एकीकृत समाजवादीकी उम्मेदवार मिनाकुमारी लामाले १९ हजार ९६४ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १८ हजार १९२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १७ हजार ५६० मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया