बनेपा । स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नमोबुद्ध नगरपालिका तथा कोसीपारिस्थित चाैारीदेउराली गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । बनेपा नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने उपप्रमुखमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् ।
प्राप्त मतपरिणामअनुसार नमोबुद्ध नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्साङ लामाले ११ हजार २ सय ११ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका राजन भुर्तेलले ५ हजार ८ सय २२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रत्नबहादुर लामाले ८ हजार १ सय ८७ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेका सम्झना लामाले ६ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् ।
उता चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रेणुका चौलागाईंले ६ हजार २ सय २८ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिस्पर्धी एमालेका जीतराम लामाले ५ हजार ४ सय ६३ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनकै तर्फबाट कांग्रेसका शेरबहादुर लामाले ७ हजार २ सय १९ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका बबिता खरेल गौतमले ३ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी बनेपा नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७ सय ९३ मत प्रात गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका रत्नकुश रञ्जितकारले ११ हजार ८ सय ३५ मत प्राप्त गरे । उपप्रमुखमा भने नेकपा एमालेका विमला सापकोटा दाहालले ११ हजार ९ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का रघुवर चौप्रधानले १० हजार ५ सय १५ मत प्राप्त गरे ।
चौँरीदेउराली गाउँपालिका–१ मा कांग्रेसका सुशील लामाले ४ सय २, वडा–२ मा एमालेका छत्रबहादुर प्रधानले ४ सय ३१, ३ मा नेकपा (माओवादी केन्द्र)का चित्रप्रसाद चौलागाईंले ६ सय ६८, ४ मा नेकपा (माओवादी केन्द्र)का रामप्रसाद चौलागाईंले ६ सय ५९, ५ मा नेकपा (माओवादी केन्द्र)कै कृष्णप्रसाद गौतमले ८ सय ४६, ६ मा कांग्रेसका किशोरराज गिरीले ६ सय ७७, ७ मा कांग्रेसकै चन्द्रराज लामाले ७ सय ८९, ८ मा नेकपा (माओवादी केन्द्र)का धनबहादुर तामाङले ६ सय ३९ र ९ मा नेकपा (माओवादी केन्द्र)कै रामबहादुर लामाले ७ सय ४ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै नमोबुद्ध नगरपालिका–१ मा स्वतन्त्रबाट प्रेमबहादुर तामाङ ५ सय ५६, वडा–२ मा कांग्रेसका कविराज श्रेष्ठले १ हजार ५५, वडा–३ मा कांग्रेसका रमेश तिवारीले ९ सय ४२, वडा–४ मा एमालेका अर्जुनबहादुर कार्कीले ५ सय ९४, वडा–५ मा कांग्रेसका सुरे तामाङले १ हजार १ सय ३, वडा–६ मा कांग्रेसका टीकाबहादुर केसीले ५ सय ३०, वडा–७ मा नेकपा (माओवादी केन्द्र)का धर्मसिं तामाङले ८ सय २३, वडा–८ मा एमालेका शेरबहादुर तामाङले १ हजार ७४, वडा–९ मा कांग्रेसका वीरबहादुर लामाले ६ सय ४५ मत, वडा–१० मा नेकपा (माओवादी केन्द्र)का रामकृष्ण उपाध्यायले ५ सय ४१ मत र वडा–११ मा एमालेका कृष्णबहादुर तामाङले ५ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यसैगरी बनेपा नगरपालिका–१ एमालेका कमलप्रसाद घिमिरे ६ सय ६८, वडा–२ मा कांग्रेसका रामप्रसाद घिमिरे ९७१, वडा–३ मा कांग्रेसकै रमेश दाहाल १ हजार २ सय ९१, वडा–४ मा एमालेका श्यामसुन्दर श्रेष्ठ १ हजार २ सय २४, वडा–५ मा एमालेकै बलराम अधिकारी १ हजार ३ सय ५७, वडा–६ मा नेकपा (एकीकृत समाजदावी)का सचितानन्द केसीले ७ सय ६१, वडा–७ मा कांग्रेसका हिटलर शाक्यले १ हजार १ सय ६६, वडा–८ मा कांग्रेसका शुभलक्ष्मी मानन्धरले १ हजार ४ सय ४५ मत, वडा–९ मा कांग्रेसकै नृपेश बादेले १ हजार २ सय, वडा–१० मा एमालेका चन्द्रबहादुर खड्का १ हजार १ सय २९, वडा–११ मा एमालेकै शिवकुमार थापाले ६ सय ६६, वडा–१२ मा एमालेका रामबहादुर कुँवर ७ सय ३, वडा–१३ मा एमालेकै रामलाल दुवालले ८ सय ११ र वडा–१४ मा कांग्रेसको टुल्कु लामाले ९ सय ६६ मत प्राप्त गरी विजयी भएका छन् ।
यसअघि नै जिल्लाका भुम्लु र खानीखोला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनकै उम्मेदवार विजयी भएका थिए । १३ वटा स्थानीय तहमध्ये अब बाँकी आठ वटा पालिकामा मतगणना जारी छ ।
प्रतिक्रिया