मकवानपुरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

हेटौंडा । मकवानपुर जिल्लाको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । जिल्लाको दशवटा स्थानीय तहमध्ये आठवटा स्थानीय तहको मतगणना सम्पन्न भएपनि पहिलो चरणमा उपस्थित भएका पाँचवटा स्थानीय तहको प्रमुखले सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।

श्रेष्ठले पहिलो चरणमा इन्द्रसरोबर गाउँपालिका प्रमुखमा निर्वाचित देवकृष्ण पुडासैनी, भीमफेदी हिदम लामा, राक्सिराङ राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका प्रमुख धर्म लामिछानेलाई सपथ ग्रहण गराएका हुन् ।

दोस्रो चरणमा थाहान नगरपालिका मेयरमा निर्वाचित प्रमुख बिष्णुबहादुर बिष्ट ‘आदर्श’ , मनहरी गाउँपालिका अध्यक्षमा निर्वाचित रन्जन कालाखेती , कैलाश गाउँपालिका अध्यक्षमा निर्वाचित लोक बहादुर मोक्तानलाई सपथ ग्रहण गराएका छन् । हाल हेटौंडा र वाग्मती गाउँपालिकाको मतगणना जारी रहेको छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया