बैतडीको पुर्चौडी नगरपालिकामा कांग्रेस विजयी

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मदेवार विजयी भएका छन् । नगरप्रमुखमा दीपक बहादुर बमले ५ हजार ८८० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका कर्णबहादुर कुवँरले ३ हजार ९०६ मत ल्याए ।

उपप्रमुखमा पनि नेपाली कांग्रेसका मिना धानुक ५ हजार २०० मत ल्याएर विजयी भएकी छिन् । निकटतम् प्रतिद्धन्दी नेकपा एमालेकी जानकी बोहरा साउँदले ४ हजार ६१२ मत प्राप्त गरिन् ।

१० वडा मध्ये ५ मा नेपाली कांग्रेस , ४ नेकपा एमाले र १ मा माओवादी केन्द्रले जितेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा नगर प्रमुख र उपप्रमुख नेकपा माओवादी केन्द्रले जितेको थियो ।

प्रतिक्रिया