बुटवल उपमहानगरमा कसकाे कति ?

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस उमेदवार खेलराज पाण्डेले मतान्तर बढाएका छन् । बुटवलमा १५ हजार बढी मत गणना हुँदा मेयर पदमा एमालेका बाबुराम भट्टराई भन्दा २७ सय बढी मतअन्तरले अग्रता कायम गरेका छन् ।

१५ हजार १३१ मत गणनामा कांग्रेसका खेलराज पाण्डेयले ७ हजार ६ सय ४५ मत ल्याएका छन् भने एमालेका बाबुराम भट्टराईले ४ हजार ९ सय ४१ मत ल्याएका छन् । यता राप्रपाका उमेदवार भने निकै पछाडि छन् ।

बुटवलमा अहिलेसम्म ६ वटा वडाको नतिजा आएको छ। बुटवल १ मा स्वतन्त्र उमेदवारले जितेका छन् भने २ मा नेकपा एस, ३ मा माओवादी, ४ मा कांग्रेसले जितेको छ। यस्तै १८ र १९ मा वडाअध्यक्ष मात्रै एमालेले जितेको छ। बुटवलमा पाँचदलीय गठबन्धन र एमाले जनमुक्तिको तालमेलका उमेदवारकै बीचमा प्रतिष्पर्धा भइरहेको छ ।

प्रतिक्रिया