दार्चुलाको नौगाढमा एमालेका प्रेमसिंह धामी पराजित

दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष उम्मेदवार दलजित धामी विजयी भएका हुन् । दलजितले नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई पाँच सय छ भोट अन्तरले हराएका हुन् । दलजितले ३ हजार ७ सय ८३ भोट ल्याउँदा प्रेमसिंहले ३ हजार २ सय ७७ भोट ल्याएका हुन् ।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्नाले एमालेकी गौरीदेवी ठगुन्नालाई एक हजार चार भोट अन्तरमा हराएका छन् । जगतसिंहले तीन हजार ९ सय ५६ भोट पाउँदा गौरीदेवीले दुई हजार ९ सय ५२ भोट पाएकी हुन् ।

प्रतिक्रिया