सिराहा नगरपालिका– १ को वडाध्यक्षमा जसपा विजयी

सिरहा । सिराहा नगरपालिका– १ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका महेशकुमार यादव १ सय मत अन्तरले विजयी भएका छन् ।

यादवले ५११ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजदेव यादवले ४११ मत प्राप्त गरेका थिए । एमालेका झुगुर यादवले १४५ र एकीकृत समाजवादीका उम्मेदवारले १३४ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा निर्वाचित यादव २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ३४१ मत प्राप्त गरि विजयी भएका थिए । यो वडा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा पर्छ ।

कांग्रेस क्षेत्रीय कार्यसमितिले यादवकै नाम वडा अध्यक्षको लागि सर्वसम्मतले गरेको थियो । तर शेरबहादुर देउवा निकट बाहुल्य रहेको प्रदेश समितिले यादबलाई देउवा पक्षको नभएको भन्दै टिकट दिएन ।

उनी टिकट नपाएपछि कांग्रेस परित्याग गरि वैशाख ११ मा जसपा नेपाल प्रवेश गरेका थिए । वडाध्यक्षको उम्मेदवार भएका थिए ।

प्रतिक्रिया