काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लिएर भागेका छन् । यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट मतपेटिका लिएर भागेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख निर्वाचन अधिकृत छोटेलाल दासले आधिकारिक सूचना नआएको बताए । ‘हामीले बुझ्न खोजिरहेका छौँ । फोन लागेकै छैन । त्यस्तो खबर चाहिँ आएको छ,’ उनले भने ।
प्रतिक्रिया