काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा लोसपाले ‘केही गरियो, अझै गर्न सकिन्थ्यो तर धेरै गर्न बाँकी छ’ भन्ने स्वीकारोक्ति व्यक्त गरेको छ। उसले आगामी निर्वाचन लक्षित २० वटा प्रतिबद्धता व्यक्त गरेको छ ।
२० प्रतिबद्धतामा सबल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार; सहज, छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा; निशुल्क र व्यावहारिक सबै तहको शिक्षा; महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था; कृषि सेवा विस्तार, सिंचाई एवम् प्रभावकारी वजार व्यवस्थापन; चुरे जोगाऔं, मधेश बचाऔं; ज्येष्ठ नागरिकलाई सम्मान र थप सुविधा; रोजगारमूलक, सीप विकास र उद्यमशीलता प्रवर्धन; युवाहरुको सन्तुलित विकास र खेलकुद पूर्वाधार निर्माण रहेका छन् । त्यस्तै, कमजोर, असहाय र अशक्तहरुप्रति विशेष जिम्मेवारी; तत्काल एवं गुणस्तरीय विपद् व्यवस्थापन; ग्रामीण सडक र अन्य सामाजिक पूर्वाधार निर्माण; स्मार्ट सिटीको अवधारणा अनुरुप नगर विकास; थप पर्यटकीय स्थलको पहिचान,पूर्वाधार निर्माण एवम् प्रचार प्रसार; शहरी हरितक्रान्ति; व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी; अनुशासित, सुशासित र भ्रष्टाचारमुक्त स्थानीय सरकार; सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति; विशेष नगर, विशेष अवसर, विशेष व्यवस्था रहेका छन् ।
प्रतिक्रिया