आइएमई लाइफको साधारण सभा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सर्वसाधारणलाई छुट्याएको शेयर जारी गर्ने भएको छ । सभाले सर्वसाधारणका लागि शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समिति अध्यक्ष डा रामहरि अर्यालको सभापतित्वमा भएको सभा मार्फत् कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तिय विवरण पारित गरेको छ । सभाले अन्य कुनै जीवन बिमा कम्पनी गाभ्न, गाभिन वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने  स्वीकृति गरेको छ ।

सो अवसरमा नयाँ सञ्चालक समितिसमेत गठन गरिएको थियो । सभामा डा. अर्यालले बिमा व्यवसायमा पर्याप्त जनचेतना, दक्ष जनशक्ति तथा बिमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भए पनि कम्पनीले यसलाई अवसरको रुपमा लिई बिमासम्बन्धी जानकारी, जनचेतना र बिमाको पहुँच न्युनभन्दा न्युन आय भएका जनमानसमा पु¥याउन प्रतिबद्ध रहेको बताएका थिए ।

प्रतिक्रिया